आजको राशिफल : हेर्नुहोस् तपाइको आजको दिन कस्तो हुनेछ

२०७५/0६/१७ गते बुधबार, आश्विन कृष्ण नवमी तिथि,सूर्योदय विहान ५ः५७ ,सूर्यास्त बेलुकी ५ः४८, नक्षत्रः पुनर्वसु, योगः परिधि,करणःतैतिल,चन्द्र राशिः मिथुन

मेषः मर्यादामा आघात पर्ने देखिन्छ काममा विघ्नबाधा उपस्थित हुन सक्छन्,आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ ।
बृषः हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ योजनाअनुसार अघि बढ्न नसकिएता पनि नियमित काम भने सम्पादन हुनेछन् ।
मिथुनः खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् ।
कर्कटः आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् श्रमको उचित मूल्यांकन होला नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा प्रगति हुनेछ ।
सिंहः आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ,केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।
कन्याः एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।
तुलाः प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् ।
बृश्चिकः प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ व्यवसायमा लाभ लिने समय छ व्यावसायिक यात्राको सम्भावना छ ।
धनुः केही चुनौतीहरू देखिनेछन् अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला ।
मकरः आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ ।
कुम्भः हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला । स्थायी सम्पत्तिमा केही विवाद आउला ।
मीनःसहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिनेछ । आर्जित धन पनि खर्च हुन सक्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता