
२०७५/६/२१ गते आइतवार, आश्विन कृष्ण त्रयोदशी ,सूर्योदय विहान ५ः५९ ,सूर्यास्त बेलुकी ५ः४३, नक्षत्रः पूर्व फाल्गुनी, योगः शुक्ल,करणः वणिज,चन्द्र राशिः सिंह
मेषः सुख प्राप्त हुनेछ लामो यात्राको योग छ घरमा धार्मिक अनुष्ठान सम्पन्न होलान् ब्यापार नाफामा जानेछ ।
वृषः लामो प्रयासबाट मात्र कार्य सिद्धि हुनेछ विवादित कुरामा नबोलेकै बेस हुनेछ काममा जस भन्दा अपजस बढी पाइने छ ।
मिथुनः प्रेम सम्बन्धमा समस्या देखिने छ सोचेका काम अधुरै रहलान् दिनको अन्त्यमा अचानक धन प्राप्ति योग रहेको छ ।
कर्कटः व्यर्थको काममा खर्च हुने योग छ परिचित व्यक्तिबाट असहयोग होला स्वास्थ्यमा धन खर्च होला यात्रा कस्टकर हुनेछ ।
सिंहः भाग्योदयको योग रहेको छ सानो प्रयासले ठुलो आम्दानी हात पर्नेछ ब्यापारमा देखिएका समस्याको समाधान हुनेछ ।
कन्याः विवादहरु सहजै हल हुनेछन् प्रतियोगिता आदिमा तपाईको जीत अवश्य हुनेछ आफ्ना कमजोरी सुधार्ने मौका छ ।
तुलाः आत्मीयजन तपाईको सहयोगका लागि समर्पित हुनेछन् ताकेको काम पुरा हुनेछ सबैको हितका लागि बोलिने छ ।
वृश्चिकः विवादमा नपरेको बेस अन्यथा आफू कमजोर परिने छ समयलाई ध्यान नदिँदा अवसर गुम्ने भय रहने छ ।
धनुः परिवारमा खुसियाली छाउने छ तपाईका साना गल्तीले अरुलाई पिरोल्ने भएकोले कार्यमा सावधान रहनु पर्ला ।
मकरः धन सम्पत्तिको प्रयोगमा असाध्यै सावधान रहनु पर्नेछ बोलीको कारण अरुलाई पर्न गएको बाधा प्रति क्षमायाचना गर्नुपर्ला ।
कुम्भःआज बुद्धि र विवेकले काम लिनु पर्ने दिन छ बल भन्दा विचारमा लागे फाइदा होला तार्किक कार्यमा सफलता पाइने छ ।
मीनः सुखमा वृद्धि हुनेछ पारिवारिक झमेला दुर हुने छन् सामाजिक कार्य सफल हुनेछ राजनैतिक कार्यमा लागे सफल भइने छ ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”