
इलाम, २० असोजः आज विहान इलाम जिल्ला देउमाई नगरपालिका–१ स्थित चमैता चौरी बजारमा बिप्लबका कार्यकर्ताहरु र प्रहरी विच मुडभेड हुँदा मोटरसाइकलमा क्षति भएको छ ।
प्रहरीलाई विप्लवका कार्यकर्ताले भित्ते लेखन गरेको छ भन्ने खबर प्रहरी चौकी रक्सेमा प्राप्त हुन भए पछि रक्से बाट बा२ब ५६१५ नम्बरको मोटरसाइकलमा सिभिल पोषाकमा बस्तुस्थित बुझ्नको लागी खटीको टोली सो स्थानमा पुग्न साथ बिप्लबका ५ / ६ जना कार्यकर्ताहरु तथा सिभिल पोशाकका प्रहरी टोलि विच मुडभेट हुदा बा२ब ५६१५नं. को मोटरसाइकलमा ढुङगा प्रहार गरे क्षति पुर्यापई विप्लवका कार्यकर्ताहरु भागेका हुन । घटना पछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी टोली खटीएर खोजतलास भई रहेको एसपी मादव श्रेष्ठले बताउनु भयो ।