हेल्पिङ हेन्ड्सको रक्तदान कार्यक्रमा ४८ जनाले गरे रक्तदान

झापा, २० असोजः झापाको कमल गाउँपालिकाको बोर्डिङ चोकमा भएको  रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरेका छन् ।     हेल्पिङ हेन्ड्स मेडिकल हलको आयोजना र हेल्पिङ हेन्ड्स, ठिक ठाक प्लस केवल नेटवर्कको सहआयोजनामा रक्तदान कार्यक्रम भएको हो । रगत संकलनकाे लागि रेडक्रस सोसाइटी दमकको टिम आइ रगत संकलन गरेको थियाे । साथै कमल-७ मा प्रथम पटक रक्तदान कार्यक्रम हुदा आयोजक टिमलाइ वाडा अध्यक्ष पृथ्वीपति राइले खुसी भै धन्यवाद प्रकट गर्दै आगामि दिनहरुमा यस्तै सामाजिक एबम स्वास्थ सम्बन्धि कार्यक्रम गर्दै अघि बड्न सुझाव दिनु भएको थियाे ।
यहि असोज १९ गते भएको कार्यक्रममा रक्तदान गर्ने सवैजनालई रक्तदान गरेर सहयोग गरिदिनु भएकोमा आयोजक संस्थाका खगेन्द्र तिम्सीनाले सवैमा धन्यवद दिए साथै कार्यक्रमा रक्तदान गर्ने सवैलाई प्रशंषा पत्र प्रदान गरको पनि  माइपोखरी न्युलाई जानकारी दिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता