
२०७५/६/२० गते शनिबार, आश्विन कृष्ण द्वादशी ,सूर्योदय विहान ५ः५८ ,सूर्यास्त बेलुकी ५ः४४, नक्षत्रः मघा, योगः शुभ,करणः कौलव,चन्द्र राशिः सिंह
मेषः— परिवारजनको साथले नयाँ आशा पलाउनेछ प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।
बृषः— रोकिएका काम पुनः सुरु हुन सक्छन् । नयाँ काम सुरु गर्ने समय छ व्यापारमा मनग्य धनलाभ हुनेछ ।
मिथुनः— काममा थोरै संयमता अपनाउनु पर्ने छ । समयमा काम सम्पादन नहुनाले अवसर गुम्ने सम्भावना देखिन्छ ।
कर्कटः— कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।
सिंहः— सहयोगीहरूले साथ दिनेछन काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ ।
कन्याः— कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ। तर, श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला ।
तुलाः— अरूका काममा समय बित्न सक्छ । तापनि, धेरै प्रयत्नपछि केही काम बन्न सक्छन ।
बृश्चिकः— घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ ।
धनुः— वैदेशिक क्षेत्रमा शुभ योग रहेको छ । नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्।
मकरः— अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला,खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ ।
कुम्भः— विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।
मीनः— अरूका काममा समय बित्न सक्छ। तापनि, धेरै प्रयत्नपछि केही काम बन्न सक्छन ।
“कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”