तपाईको आजः कुन राशि भएकालाई कस्तो फल हेर्नुहोस्

२०७५/६/२३ गते मंगलबार, आश्विन कृष्ण औँसी,सूर्योदय विहान ६ः००, सूर्यास्त बेलुकी ५ः४१, नक्षत्रः हस्ता, योगः ऐन्द्र, करणः नाग, चन्द्र राशिः कन्या
मेषः भेटघाटले दिन रमाइलो बनाउनेछ नयाँ ज्ञान सिक्ने मौका छ व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला।
बृषः मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । खर्च गरेर पनि फाइदा उठाउन नसकिएला
मिथुनः विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। घर–गृहस्थीमा समस्या आउन सक्छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला ।
कर्कटः घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै साथै काममा बाधा पुग्न सक्छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला ।
सिंहः सहयोगीहरूले साथ दिनेछन काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रयत्न गर्दा केही काम बन्नेछन् ।
कन्याः सजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आस मारेको फल पुनः प्राप्त हुन सक्छ
तुलाः  नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला । बाध्यताका काममा जुट्नुपर्ने योग छ ।
बृश्चिकः अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ । वैदेशिक यात्राको अवसर आउला। तर, काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।
धनुः  कृषि, पशुपालनमा आदिमा फाइदा हुनेछ । तर, श्रमको मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला । नयाँ ज्ञान सिक्ने मौका छ ।
मकरः गलत निर्णयले काम बिग्रन सक्छ । अरुको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ ।
कुम्भः अरूका काममा समय बित्न सक्छ। तापनि, धेरै प्रयत्नपछि केही काम बन्न सक्छन । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
मीनः समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्न सक्छन् । 
                             “कर्म र भाग्य दुवैमा विश्वास गरौँ ।”
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता