बिर्तामोड, २२ असोजः झापाको बिर्तामोडमा मुक्तिनाथ बंैकको शाखा उद्घाटन भएको छ । बैंकको उद्घाटन गर्दै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार सिवाकोटीले बैंकलाई कृषिको क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासघ झापाका उपाध्यक्ष एकराज गिरी, एक्सल डेभलपमेन्ट बैंकका सिओ दिनेश पोखरेल, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष अर्जून मैनाली, लगाएतले बोलेका थिए ।
नेपालभर एक सय शाखा सञ्चालन गरेको बैंकले बिर्तामोडमा शाखा उद्घाटन गरेसगैँ ४० प्रतिशत लगानी कृषिमा गरेको बताइएको छ । बैंकका कार्यकारी प्रमुख प्रधुम्न पोखरेलले ०६३ सालमा स्थापना गरिएको बैंकले छोटो अवधिमा नै ६ लाख खाता सञ्चालन गर्न सफल भएको बताए । कार्यक्रममा बिर्तामोड शाखा प्रमुख सुभाष घिमिरेलले बैंकका भावी रणनिती योजना प्रस्तुत गरेका थिए ।