आज बिहीबार हेर्नुहोस तपाईको राशिफल

२०७५/0६/१८ गते बिहीबार, आश्विन कृष्ण दशमी ,सूर्योदय विहान ५ः५७ ,सूर्यास्त बेलुकी ५ः४७, नक्षत्र : पुष्य,योग : शिव,करणःवणिज,चन्द्र राशि : कर्कट  
मेष : अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला साथीभाइसँग असमझदारी बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ ।
बृष : रकम हातलागी हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको राम्रै मूल्यांकन हुनुका साथै प्रशस्त लाभ पनि मिल्नेछ ।
मिथुन : अवसरका लागि अलि जोखिम उठाउनुपर्ने समय छ कामको सन्दर्भमा खराब नियतका व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ ।
कर्कट : सानो प्रयत्नले ठूलो काम बन्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ ।
सिंह : बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ ।
कन्या : आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । व्यक्तित्वमा आकर्षण थपिनाले सजिलै अरूको मन जित्न सकिनेछ
तुला : आक्षेप लगाउनेहरूले गल्तीबिनै अप्ठ्यारामा पार्ने चेष्टा गर्नेछन्। सरकारी कडिकडाउको सिकार भइनेछ ।
बृश्चिक : प्रतिभा देखाएरै अवसर हातपार्न सकिनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।
धनु :परिस्थितिलाई स्वीकार गर्न नसक्ता अलि दुःख पाइनेछ । आफन्तसँग मतभेद रहनाले उनीहरूको व्यवहार शंकाष्पद देखिनेछ ।
मकर : सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च हुन सक्छ ।
कुम्भ : तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन ।
मीन : व्यक्तित्वलाई भेट्ने मौका आउला  ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता