चोरीमा संलग्न सात जना पक्राउ

बिर्तामोड, १७ असोजः चोरीमा संलग्न रहेको दाबी सहित पक्राउ गरेका ७ जनालाई प्रहरीले बुधबार सार्वजजिक गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै ट्रक चोरीमा संलग्न रहेका रोशन श्रेष्ठलाई सार्वजनिक गरेको हो । उनले पटक– पटक गरेर तीन वटा ट्रक चोरी गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ट्रक चोरी गरेर श्रेष्ठले तीन लाख रुपैयाँमा बिक्रीका लागि मोल मोलाई गरेको बताइन्छ ।
ट्रक चोरीमा सम्लग्न श्रेष्ठ सहित प्रहरीले दिवस राई, मिलन अधिकारी, विनोदसिंह मर्डी, लोकबहादुर जर्गा मगर, ओमप्रकाश यादव र सुरज राजवंशीलाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालको समेत उपस्थितिमा उनीहरुलाई सार्वजनिक गरिएको हो । 
दिवस राईले बिर्तामोड–२ चारपानेबाट मे.१० प ४७ नम्बरको एफजेट मोटरसाइकल, मिलन अधिकारीले वीरबहादुर राईको पकेट मारेको, विनोदसिंह मर्डी र लोकबहादुर जर्गा मगरले नगद ४० हजार रुपैयाँ झोलाबाट झिकेको, ओमप्रकाश यादव र सुरज राजवंशीलाई अर्काको घरमा अनाधिकृत प्रवेश गर्न खोजेपछि पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
चाडपर्व नजिकिएसँगै कुनै अप्रिय घटना हुन नदिन प्रहरीले विशेष सुरक्षा रणनीति अपनाएको र सोही क्रममा घर, दोकान र घुम्ती चोरी गर्न लागेको अवस्थामा गौरीगञ्ज–५ निवासी यादव र बिर्तामोड–५ का १९ वर्षीय राजवंशीलाई पक्राउ गरिएको बताइएको छ । 
मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ अन्तर्गत सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर दफा ११८ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको बताइन्छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता