पूर्वी पृतना हेड क्वाटरमा विविध कार्यक्रम सम्मन्न

पूर्वी पृतना हेड क्वाटरले आयोजना गरेको प्रथम पृतनापति  Fun and solidarity, people with the military कार्यक्रम मंसिर ८ गते बाट शुरु भएको कार्यक्रम  ९ गते सम्पन्न भएको छ ।
मंसिर ८ गते एक कार्यक्रमका विच पृतनापति उपरथी श्री समीर शाहीले समुद्घाटन गर्नुभएको उक्त कार्यक्रममा सैनिक व्याण्ड डिस्प्ले, आई.कि.डो. कला पदर्शनी, तेक्वान्दो पदर्शनी का साथै हाफ म्याराथोन, महिला तथा पुरुषहरुको लागि छुट्टाछुट्टै १० किलो मिटर दौड, १३ देखी १६ बर्षका बालबालिकाहरुको लागि छुट्टाछुट्टै  ५ किलोमिटर दौड, खुल्ला साइक्लि¨ तथा वाकाथोन प्रतियोगिताको आयोजना गरिएको थियो । 
सो प्रतियोगिता अन्तर्गत हाफ म्याराथोन तर्पm नेपाली सेना (नयां श्रीनाथ गण) का सिपाही जितेन्द्र दनुवार, नेपाली सेनाकै (शेर गण) सिपाही गजेन्द्र राई र दमक रन क्लवका या¨देव राई क्रमशः प्रथम, द्धितिय र तृतिय हुन सफल भएका थिए् । त्यसैगरी १० कि.मि. दौडको महिला तर्पm सुनसरीकी निकी लिम्बु प्रथम, झापाकी चन्द्रकला भुजेल द्धितिय र सुनसरीकी यशोधा चौधरी तृतिय, तथा सोही ईभेन्टको पुरुष तर्पm मोर¨का बिनोस लिम्बु प्रथम, पांचथरका हर्क बहादुर लुहावुण द्धितिय र पांचथरकै बालान्द लिम्बु तृतिय भएका थिए । ५ कि.मि.दौड छात्रा तर्पm श्री जनता मा.वि.सुनसरीकी भिमा लिम्बु प्रथम, हाम्रो ई¨लिस बोर्डि¨ स्कुलकी सविता श्रेष्ठ द्धितिय र मोडर्न पब्लिक स्कुलकी सर्मिला उराउ तृतिय भएका थिए भने छात्र तर्पm चिल्ड्रेन्स एकेडेमीका किरण लिम्बु प्रथम, हिमाली स्कुलका नविन गुरु¨ द्धितिय र हिमालय सेकेण्डरी स्कुलका भुषण ठाकुर तृतिय भएका थिए साथैे खुल्ला साईक्लि¨ तर्पm ललितपुरका ओकेशराज बज्राचार्य प्रथम, सुनसरीका अभिषेक राई द्धितिय र सुनसरीकै दिपक जिमि मगर तृतिय हुन सफल भएका थिए । 
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुन सफल खेलाडीहरुलाई पृतनापति उपरथी श्री समीर शाही लगायत ईटहरी उपमहानगरपालिकाका मेयर, कार्यक्रम सञ्चालक समितिका पदाधिकारीहरु, सल्लाहकार, नेपाली सेना, नेपाल प्रहरी, सुरक्षा निकायका प्रमुखहरुका साथै पूर्व अन्र्तराष्ट्रिय खेलाडीहरुले नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा प्रतियोगीहरु, विभिन्न सुरक्षा निकायका व्यक्तिहरु, शिक्षक, उद्योगपति, व्यापारी, समाजसेवी, बुद्धिजिवी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरुकोे सहभागीता रहेको थियो । 
साथै, सोही  कार्यक्रम अन्तर्गत मंसिर ०८ गते प्रदेश नं. १ मा रहेका बिभिन्न विद्यालयका विद्यार्थीहरु र  राष्ट्रिय सेवादल का शिक्षार्थी समेत गरि ६०० जनाले  नेपाली सेना सम्बन्धि विविध प्रदर्शनीको अवलोकन गरेका थिए ।
उक्त प्रदर्शनी अवलोकनमा मंसिर ९ गते प्रदेश नं. १ का बिभिन्न जिल्लाबाट   बिद्यालय, संघ÷सस्थाबाट गरी ३०००  भन्दा बढि सहभागिहरुले  अवलोकन गरेका थिए । २ दिन सम्म संचालन भएको कार्यक्रम मंसिर ९ गते समापन भएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता