आगोलागीमा परि झापामा एकै परिवारका ४ जनाको मृत्यु

झापा ,मंसिर १० । झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ामा एकै परिवारका चार सदस्यको घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको छ ।  राती ९ बजेको समयमा उक्त आगलागी भएको हो , भानु माध्यमिक बिद्यालयबाट २० मिटर नजिक रहेको खनाल परिवारका सम्पूर्ण सदस्यको सुतिरहेको अवस्थामा आगलागी भएको इलाका प्रहरी कार्यालय  झिलझिले   प्रहरी निरिक्षक कैलाश राईले जानकारी दिनु भयो ।
मृत्यु हुनेमा ३६ बर्षिय लक्ष्मन खनाल, ३० बर्षिय राधिका खनाल, ४ बर्षिय सुप्रिया खनाल तथा ३ महिनाका टिकाराम खनाल रहेका छन् । आगलागी के कारणले भएको हो भन्ने प्रहरीले अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता