दिनदाहडै बलात्कार गर्छन मान्छेमा लाजघिन छैन।

दिनदाहडै बलात्कार गर्छन मान्छेमा लाजघिन छैन।
म सोचिरहेको छु मान्छे भित्र संस्कार किन छैन।
                    ..............
आफू आफैभित्र कतिपटक हो कुन्नि मरेको पनि।
मेरो मस्तिष्कमा ताजै रुपमा याद छ यकिन छैन।
                   ................
तिमिले पो बिर्सनलाई डिग्री गरेकी रहेछौ क्यारे।
म बबुरो कम्जोर रहेछु नसम्झेको कुनै दिन छैन।
                    .................
अल्छी गर्नेलाई त साझबिहान चलाउन गार्हो छ।
मेहनत गर्नेहरुलाई जीवन चलाउन कठिन छैन।
                    ................
गरिवको घरमा नयाँ कपडा देख्दा राज्य तर्सिन्छ।
धानीहरुले खुलेआम गर्छन भ्रष्टाचार छनविन छैन।
                  .................
           बिजय कुमार शाह अनुराग, एता रुकुमबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता