माङसेबुङमा योजना सञ्चालन सम्बन्धी अन्तरक्रिया

माङसेबुङ, १० मंसिर : योजना संचालन र सम्पन्न सम्बन्धी जनप्रतिनिधि र कर्मचारीबीच एक दिने अन्तरक्रिया कार्यक्रम इलामको माङसेबुङ गाउँपालिकामा संचालन भएको छ ।
माङसबेुङ गाउँपालिकाको आयोजनामा ३ नम्बर वडा कार्यालयहलमा कार्यक्रम भएको हो । कार्यक्रममा गाउँसमाभाका सदस्यहरु र गाउँपालिकाका कर्मचारीहरुको सहभागिता रहेको  छ । कार्यक्रममा स्थानीय तहको उपभोक्ता संचालन कार्य्विधिमा भएका व्यवस्था अनुसार योजना संचालनका लागि उपभोक्ता समिति गठनदेखि सम्पन्न गर्न आवश्यक प्रक्रियाका बारेमा छलफल हुने गाउँपालिकाका कर्मचारी लक्ष्मण ढुङ्गेलले् जानकारी दिए ।
कार्यक्रम माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोको अध्यक्षतामा सम्पन्न भएको थियो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता