सूर्योदय नगरपालिकामा नेत्रज्योतिको निःशुल्क आँखा शिविर सञ्चालन हुने

इलाम, १० मंसिरः इलामको सूर्योदय नगरपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र फिक्कलमा  मंसिर २४, २५ र २६ गते मोतिया विन्दुको निःशुल्क शल्याक्रिया सहितको आँखा शिविर वस्ने भएको भएको छ ।
 नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, इलमको आयोजना तथा पूर्वाञ्चल क्षेत्रिय आँखा उपचार कार्यक्रम विराटनगर आँखा अस्पताल, विराटनगरको सहयोग र सूर्योदय नगरपालिकाको कार्यालयको सहआयोजनामा आँखा शिविर सञ्चाल हुने भएको हो ।शल्यक्रिया हुनु भन्दा अघि निम्न स्थानहरुमा  छनौट शिविर हुने संघका सचिव विष्णु कार्कीले माइपोखरी न्युजलाई जानकारी गराए । 
 मिति २०७५ मंसिर १६ गते आइतबारः समालवुङ स्वास्थ्य चौकी  भवन सू.न.पा.–५, शान्तिबजार
 मिति २०७५ मंसिर १७ गते सोमबारः श्रीअन्तु स्वास्थ्य चौकी भवन सू.न.पा. ४
मिति २०७५ मंसिर १८ गते मंगलबारः खानेपानी भवन सू.न.पा ८, हर्कटे बजार 
मिति २०७५ मंसिर १९ गते बुधबारः सिंहदेवि मा.वि., सू.न.पा. – १ गोर्खे, मंगलबारे
मिति २०७५ मंसिर २१ गते शुक्रबारः वाडा कार्यालय सू.न.पा.–२, बौद्धधाम
मिति २०७५ मंसिर २२ गते शनिबारः सरस्वती मा.वि. सू.न.पा– १४, लक्ष्मीपूर
मिति २०७५ मंसिर २३ गते आइतबारः पूर्ण स्मारिका आ.वि. सू.न.पा–११, तीनघरे

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता