पूर्व प्रधानमन्त्री खनालद्वारा साँखेजुङ जीप दुर्घटना प्रति दुःख व्यक्त

इलाम, ९ मङिस  बिहीबार साँखेजुङ भएको जीप दुर्घटनामा परेर मृत्यु हुनेप्रति पूर्वप्रधानमन्त्री खनालले दुःख व्यक्त गरेका छन् । 
खनालले एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । उनले घाइतेको स्वास्थ्य लाभको कामना समेत गरेका छन् । गत बिहीबार खनालकै जन्मस्थल नजिकै इलाम नगरपालिका–१ स्थित साँखुजुङमा मे १ज ८१८ नम्बरको जीप दुर्घटना हुँदा साँखुजुङकै कैलाश गुरूङ र सुमन खनालको मृत्यु भएको थियो ।
पूर्वप्रधानमन्त्री खनालका सुमन आफन्तसमेत रहेका छन् । उक्त जीपमा सवार अन्य तीन जना भने गम्भीर घाइते भएका छन् । घाइतेलाई जिल्ला अस्पताल इलाममा उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला बाहिर लगेर उपचार गरिँदै छ । पूर्वप्रधानमन्त्री खनालले विज्ञप्तिमार्फत घाइतेको उपचारको व्यवस्था मिलाइदिनका लागि सम्बन्धित कार्यालयसमक्ष मागसमेत गरेका छन् । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता