इलामको बरबोटेमा पाथिभरा दर्शन गर्नेको भिड

इलाम, २८ मंसिरः नेपाल धार्मिक स्थलले भरिभराउ देशको रुपमा लिइन्छ । पूर्वि नेपालमा विषेश गरी तप्लेजुङमा पाथिभरा दर्शन गर्न देश विदेशबाट धेरै भक्तजनहरु आउने गर्दछन् । अहिले इलाम जिल्लाको इलाम नगरपालिका–४ बरबोटेमा माइली पाथिभरको उत्पती र दर्शन गर्न भक्तजनहरुको भिडलाग्ने गरेको छ ।
बरबोटेमा रहेको एक डाँडाछेउको खोल्सीमा विभिन्न सिला स्थापना गरेर स्थानीयहरुले धार्मिक आस्थाकासाथ पुजाआजा शुरु गरेका छन् । केही समय पहिले एक जना झमक घिमिरेले यस स्थाननमा पाथिभरा माताको शिला छ र यहाँ नागको वासस्थान भएको भन्दै पुजाआज शुरु गरे पछि स्थानीय तथा देश विदेशबाट आएर पुजाआज गर्न शुरु गरिएको यो स्थानमा अहिले दैनिक हजारौँ धार्मिक पर्यटकहरुको भिड लाग्ने गरेको छ ।
स्थानीयहरु अहिले यो स्थानलाई धार्मिक पर्यटकीयस्थल बनाउनको लागि समिति नै बनाएर लागेका छन् । यस स्थानामा विभिन्न धर्मालम्वीहरुको आस्था भएकाले पुजारी, पण्डित, लामाहरु तथा किराँत धर्म गुरुहरु समेतले पुजाआजा गर्ने गरेको स्थानीय सूर्य प्रसाद रिजाल बताउँछन् ।
स्थानीयहरुको आस्थाको केन्द्र बनेको पाथिभरामा अहिले देश विदेश देखिका मानिसहरु आएर पुजा गर्ने गरेका छन् । इलाम सदरमुकामबाट नजिकै रहकेको यस धार्मिक पर्यटकीय स्थलमा स्थानीय निकायले व्यवस्थीत गरेर अघिबडे एउटा राम्रो धार्मिक पर्यटकीय स्थानको रुपमा विकसित हुने छ ।
यस धार्मिक स्थलमा आएर पुजाआजा गर्दा कुल विग्रीएको लगायत अन्य समस्यहरु सामाधान हुने स्थानीय खेम आर्चाय वताउछन् । उनका अनुृसार यो एउटा धार्मिक स्थलमात्र नभएर पर्यटकय स्थलको रुपमा पनि विकास गर्न समिति लागि परेको छ । उनी भन्छन् यहाँका स्थानीयहरुले प्रत्यक्ष नागको दर्शन गरेकाले पनि विस्वास गरेर पुजाआजा गरिरहेका छन् ।
इलामको पर्यटन प्रवर्धनको लागि एउटा नयाँ गन्तव्यको रुपमा यो स्थललाई विकसित गर्न सके जिल्लामा प्रवेश गर्ने पर्यटकको संख्यामा उल्लेखनिय वृद्ध गर्न सकिने थियो । यस्ता धार्मिक पर्यटकिय स्थलहरुको संरक्षण र सम्वर्धन गर्न जरुरी देखिन्छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता