खड्काले गरे शिखरबाबालाई धातुको मुर्ति दान

इलाम, ३ पुसः इलामको देउमाई नगरपालिका ४ याक्सीमा रहेको  धार्मिक स्थल शिखरबाबा निलकण्ठ महादेब मन्दिरमा नेपाली कांगेसका नेता, समाजसेबी  तथा चियाबारी एफएमका अध्यक्ष डम्बर खडकाले एक थान शिबको धातुको मूर्ति हस्तान्तरण गर्नुभएको छ । 
उहाले एक कार्यक्रमका बीच मन्दिरका शिखरबाबालाई धातुको मूर्ति  हस्तान्तरण गर्नुभएको हो । मन्दिर समितिका अध्यक्ष कमलप्रसाद दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गिता पराजुलीले स्वागत मन्तब्य राख्नुभएको थियो ।
 देउमाई नगरपालिका ४ का वडाध्यक्ष राजेन्द बास्तोला, समाजसेबी गोबिन्द पौडेल, भवानी शेखर पराजुली,  लगायतले मन्तव्य राख्दै  मन्दिरलाई सहयोग गरेकोमा  खडकालाई धन्याबाद  दिएका थिए। कार्यक्रममा बोल्दै खड्काले यस मन्दिरलाई इलाममा मात्र नभई देश विदेसमा समेत प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता