झापामा आगलागीबाट चार घर नष्ट

दमक, १८ पुसः झापाको कमल गाउँपालिका–१ स्थित बाँसबारीमा आज अपरान्ह् भएको आगलागीमा परेर चार घरसहित टहरा जलेर नष्ट भएका छन् । 
स्थानीय राजदेवसिंह दनुवारको घरमा आगलागी हुँदा उहाँको घर, गोठ र टहरा जलेको वडा नं १ का अध्यक्ष केदार कटुवालले जानकारी दिनुभयो । आगलागीबाट दनुवारको घरमा भण्डारण गरिएको धान, चामल तथा लत्ताकपडासमेत जलेर नष्ट भएको जनाइएको छ । गाईवस्तुलाई खोले पकाउने क्रममा गोठबाट आगो सल्किएको उहाँले बताउनुभयो । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता