ताप्लेजुङमा सरकारी अनुदानमा उपलब्ध एम्बुलेन्स बिरामी बोक्नुको सट्टा अन्य काममा प्रयोग

ताप्लेजुङ, २ माघः जिल्ला अस्पतालसँग दुई एम्बुलेन्स भएपनि लामो समयदेखि प्रयोगविहीन अवस्थामा छन् । त्यस्तै सरकारी अनुदानमा उपलब्ध सो एम्बुलेन्स बिरामी बोक्नुको सट्टा अन्य काममा प्रयोग गरिएको बताइएको छ ।
एउटा एम्बुलेन्स वर्षौँ देखि बिग्रिएर थन्किएपछि हुँदा सेवाग्राही मारमा परेका छन् ।
गत भदौमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको अर्को एम्बुलेन्स अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । चालक नियुक्तिका लागि प्रदेश सरकारबाट सहमतिपत्र नपाएपछि चार महीनादेखि उद्देश्य अनुरुप एम्बुलेन्स सञ्चालन गर्न सकिएको छैन । पुरानो एम्बुलेन्स मर्मत खर्च अभावले थन्किएको छ ।
“अस्पताल आफैँले करारमा चालक नियुक्ति गर्न मिल्दैन, प्रदेशबाट कर्मचारी नियुक्तिसम्बन्धी अनुमतिपत्र चाहिन्छ । निर्देशिका बनेपछि अनुमतिपत्र लिएका छौँ, अब चाँडै चालक नियुक्ति गरेर एम्बुलेन्स सञ्चालनमा ल्याउँछौँ”, अस्पतालका निमित्त प्रमुख डा सोनिङ लामाले भन्नुभयो । एम्बुलेन्स प्रयोगविहीन बनेपछि सेवाग्राहीले चर्को मूल्य तिरेर व्यावसायिक संस्थाका एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता