बिर्तामोडमा शारीरिक सुगठन प्रतियोगिता

 बिर्तामोड, ७ माघः २१ वर्षपछि मेची अञ्चल स्तरीय शारीरिक सुगठन (वडी विल्डिङ) प्रतियोगिता हुने भएको छ ।
झापा, इलाम, पाँचथर र ताप्लेजुङ्गका वडी विल्डर खेलाडीहरुबीच गराइने प्रतियोगिता आगामी चैत ३० गते हुने भएको हो । बिर्तामोडमा रहेको वडी ग्यारेजले आयोजना गर्ने प्रतियोगितामा ५० वढी खेलाडीले सहभागीता जनाउने बताइएको छ ।
पछिल्लो समय राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर झापालाई गोल्डमेडलसम्म खेलाडीले दिलाएपछि यस क्षेत्रमा युवाको आकर्षण बढेको हो । त्यसलाई थप प्रोत्साहन गर्न वडी ग्यारेजले दोस्रो अञ्चलस्तरीय प्रतियोगिताको आयोजना गर्न लागेको आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
विभिन्न तौल समूहमा हुने प्रतियोगिताका विजेताले ५० हजार नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने वडी ग्यारेजका सञ्चालक राम दाहालले जानकारी दिए । उनका अनुासर फष्टरनरफले ३० हजार, सेकेन्ड रनरफले २५ र सान्तवनाले २० हजारसहित शिल्ड र प्रमाणपत्र हात पार्ने छन् । प्रतियोगिता ६०, ६५ , ७० र ७५ केजी तौल समूहबीच हुने वडी ग्यारेजका अर्का सञ्चालक दिपेन चौधरीले बताए । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई ध्यानमा राखेर यो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न आठलाख रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकारसम्मलेनमा बोल्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बिर्तामोडमा आयोजना हुन लागेको मिष्टर वडी विल्डिङ प्रतियोगितालाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । बिर्तामोडले राष्ट्रिय तथा अन्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउँदै गोल्डमेडल झापा भित्र्याउनु र खेलाडीलाई थप प्रोत्साहनका लागि यस खाले प्रतियोगिताको आयोजना गरिनु आफैंमा सुखद् भएको उनले जनाए ।
यस्तै नेपाल रेडक्रस सोसाइटी बिर्तामोडका सभापति सजेश सिवाकोटीले प्रतियोगिता सफल बनाउन रेडक्रसको तर्फबाट सहयोग गर्ने बचन दिए ।
वडी विल्डििङका जिल्ला अध्यक्ष रमेश चौधरी, युवा व्यवसायी विनोद वस्नेत, वीरता जेसीजका पूर्व अध्यक्ष सञ्जु भारती, वीरता जेसीजका कोषाध्यक्ष घनश्याम चौधरी, सुरेश आले लगायतको सभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन दवाकर प्रसाईंले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता