वीएण्डसीका दुर्गा प्रसाईलाई कारवाही गरः पत्रकार महासंघ केन्द्रिय समिति

इलामः झापाको बिर्तामोडमा रहेको वीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईलाई कारवाही गर्न पत्रकार महासंघ लगायतका संचार संस्थाले माग गरेका छन् ।
नेपाल प्रेस युनियन  इलाम शाखाका अध्यक्ष एवं कान्तिपुर दैनिकका सम्वाददाता विप्लव भट्टराईसहितका पत्रकारलाई समाचारको विषयलाई लिएर प्रसाईले टेलिफोनमार्फत गालीगलौज गर्दै धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ  ।
महासंका केन्द्रिय महासचिव रमेह बिष्टद्धारा जारी बिज्ञप्तीमा स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाहमा जुटेका पत्रकारलाई बिनाकारण गालीगलौज गर्दै धम्की दिइएको यो घटना प्रेस स्वतन्त्रता विरोधी काम भएको भनिएको छ  ।
महासंघले प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्यको घोर भत्र्सना गर्दछ गर्दै पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न र यस्ता घटना नदोहो¥याउन सम्बन्धित पक्षसँग माग गरेको छ ।
प्रेस युनियन र महासंघ १ नम्वर प्रदेशको आपत्ती
यसैबिच  समाचार लेखेकोप्रति वी एण्ड सी अस्पताल विर्तामोड, झापाका संचालक दुर्गा प्रसाईंले संचारकर्मीलाई धम्की दिएकोप्रति नेपाल प्रेस युनियन केन्द्रिय समितिले गम्भिर आपत्ती जनाएको छ .
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकप्रति असन्त’ष्टी जनाउँदै इलाममा अनशन बसिरहेका डा.केसीको विषय र अनशनरत व्यक्तिलाई भेट्न वी एण्ड सी अस्पतालका तर्फबाट  चैतन्य मैनाली नाम गरेका व्यक्ति इलाम आएको बारेमा नेपाल प्रेस युनियन, इलाम अध्यक्ष तथा कान्तिपुर संवाददाता विप्लब भट्टराई लगायत जिल्लामा कार्यरत अन्य संचारकर्मीहरुलाई टेलिफोनमार्फत बुझ्न खोज्दा संचालक प्रसाईंले अपशब्द बोल्दै गालीगलौज गरेको तथा धम्की दिएको भन्दै युनियनले आपत्ति प्रकट गरेको हो .
महासचिब अजयबाबु शिवाकोटीले आज एक विज्ञप्ती जारी गर्दै संचालक प्रसाईंले संचारकर्मीहरु माथि ‘जे गर्छौ गर, तिमीहरुले गर्दा केही विग्रिदैन’ भन्दै अपशब्द बोल्दै अपमान गर्ने’ प्रेस जगतमाथिकै अपमान भएको युनियनको ठहर गरेको छ ।युनियनले प्रसाईलाई कारवाहि गर्न माग समेत गरेको छ ।
यस्र्तै नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेशले बिज्ञप्ती निकाल्दै प्रसाईलाई कारवाहि गर्न माग गरेको छ । महासचिव बिवेक गौतमद्धारा जारी बिज्ञप्तीमा समाचार लेखेखै भरमा पत्रकारलाई धम्काउने कार्य नर्गन भनीएको छ । महासंघ प्रदेश १ ले प्रसाईलाई कानुनी कारवाही गर्न माग गरेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता