
इलाम, २६ पुसः इलाम संसद सचिवालयले डा. गोविन्द केसी संग बिगतमा भएका सहमति बिपरित चिकित्शा शिक्षा बिधेयक पारित गरेपछि डा. केसीले इलाममा १६ औ अनसनको बसिरहेका छन । उनको समर्थनमा आज इलामका महिलाहरुले र्याली निकोलेका छन् #IamwithDrKc, डा. केसीको माग पुरा गर ।, हाम्रो स्वास्थ्य हाम्रै हातमा हामी डा. केसीको साथमा, डा. केसी एक्ला छैनौँ हामी तिम्रो साथ छौँ ।, मार्सी धानको भातसँग ऐन साट्न पाईदैन ।, माफियाको मिसन सिटामोलमा कमिसन । जस्ता नारा लेखिएका पम्प्लेट हातमा लिएर महिलाहरुले दिउँसो २ बजे र्याली निकालेका हुन ।
डा. केसीले बुधबार साझ ५ बजे बाट इलामको फुलगाँछिमा रहेको पुरानो सहरी विकास तथा भवनडिभिजनको कार्यालय भएको भवनको भुँइतलामा अनशन शुरु गरेका हुन । स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै अनसन बस्दै आएका डा.केसील पत्रकार सम्मेलन गरेर आफु ५ बजेबाट अनसन शुरुगरेको जानकारी गराएका थिए उनले अनसनको समयमा पानी भने पिउने जानकारी गराएका छन् ।
गत साउन १० मा चिकित्सा शिक्षा विधेयक संशोधनमा सहमति भएको थियो । उक्त विधेयक लामो समय सम्म पनि संसोधन नभएपछि १६औं पटक अनसन बसेका हुन ।