हरकटेको खानेपानीमा पुन पौडेल


  • गोबिन्द पौडेल  

हरकटे, १३ माघः इलामको हरकटेबजारमा संचालित खानेपानी तथा सरसफाइ समितिको आठौसाधारण सभाले अध्यक्षमा फेरी नरेस पौडेललाइ अध्यक्षमा चयन गरेको छ ।
 यसै गरि सोही भेलाले उपाध्यक्षमा हेमन्ता निरौला, सचिबमा टीका अधिकारी कोषध्यक्षमा खड्ग प्रसाद सुबेदी , सह सचिवमा तीलबिक्रम राइ सचिबमा मिन बहादुर राइ, प्रबिन पौड्याल लगायत रहेका छन् ।  सोही आठौ साधारण सभाले समितिको  पच्चिस लाखको आय ब्याय बिबरण समेत पारित गरेको छ ।
 १ सय तीस बटा धारा जडान गरेर रोङ र सुयोदयन गरपालिकाको सिमानामा रहेको हरकटे बजारमा खानेपानीको अभाव टार्नको लागि करिव पाचसय मिटर तलबाट मोटारको प्रयोग गरेर तीन तहमा पानी तानी   बजारमा  आपुर्ती गरिदै आएको मा अहिले दैनिक रुपमा चालिस हजार लिटर माग भएपनि तीसहजार लीटर मात्रै आपुर्ती हुलै आएको छ। जसको कारण समितिले चारबटा लाइनको ब्यवस्था गरि  दुइबटा लाइनमा एकदिन पालोगरे्र पानी बितरण गरिने गरेकोमा केही पाइपहरुको ब्यवस्थ ागर्न सके नियमित पानी  आपुर्ति गर्न सकिने अध्यक्ष पौडेलले बताए । यो भन्दा अघिल्लो कार्यकालमा समेत आफुले सहज पानी बितरणको प्रयास गर्दै आएकोमा अबका बर्षमा माग अनुसारको पानी बितरण गर्न सकिने संभावना रहेको उनको भनाइ रहेको  छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता