दाङका कृष्णलाई झापाका रोशनको सहयोग

बिर्तामोड, १० माघः करेन्ट लागेर दुवै हात गुमाएका दाङ्का कृष्ण  ओलीलाई झापा अर्जुनधारा –१ का रोशन कार्कीले ३० हजार ६२० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । 
कार्की वैदेशिक रोजगारीको क्रममा  विगत ३ वर्षदेखि कतारको एरवेजमा कार्यरत छन् । उक्त रकम कार्कीले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । बुधबार कार्कीले ओलीको नाममा सनराइज बैंकमा रहेको खाता नम्बर ०७७०५०३१६५२०५००१मा उक्त रकम जम्मा गरिदिएको बताएने कार्की  मानवीय नाताले दुखमा साथ दिएको सुनाउँछन् ।  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता