इलामकी मनिषालाई वीरता लेडी जेसिजको सकृय महिला पत्रकारिता पुरस्कार

इलाम, १० माघः वीरता लेडी जेसिजले प्रत्येक वर्ष प्रदान गर्दै आएको सकृय महिला पकारिता पुरस्कार झापामा पत्रकारिता गर्दै गरेकी इलामेली पत्रकार मनिषा चम्लागाईँलाई प्रदान गरेको छ । बिहीबार वीरता जेसिजको १४औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा चम्लागाईँ पुरस्कृत भएकी हुन् । चम्लागाईँलाई नगद, सम्मान पत्र र दोसल्लाद्वारा सम्मान गरिएको थियो । सोही कार्यक्रममा उत्कृष्ट उद्यमी शिवसताक्षी नगरपालिकाकी मौरी व्यवसायी देवीकुमारी ओली दाहाललाई पुरस्कृत भएकी छन् । उक्त पुरस्कार वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजालले आफ्ना जन्मदाता र कर्मदाता पिताका नाममा स्थापना गरेको यज्ञ–तीर्थ पुरस्कार रहेको छ ।
नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न पदहस्तारन्तरण कार्यक्रममा वीरता लेडी जेसीजकी सन् २०१८ की अध्यक्ष नम्रता रिजाल ढकालको गलाको जेसीज चेन सन् २०१९ कि अध्यक्ष सरु भूर्तेल खनालका गलामा पहिर्याएर पदहस्तान्तरण गरिएको थियो । कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धुव्रकुमार सिवाकोटी, उपप्रमुख पवित्रा प्रसाईं, जेसीज क्षेत्र ‘क’ की राष्ट्रिय उपाध्यक्ष इनु थापा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा शाखा सम्पादक गोमा भट्टराई उत्कृष्ट कार्यसमिति सदस्य हिमा पौडेल, मानार्थ सदस्यमा सुशिला विमली, उत्कृष्ट जेसीज स्वस्तिा आचार्यलाई सम्मान गरिएको छ ।
यसैबीच सन् २०१९ की अध्यक्षले कार्यसमितिमा मनोनयन गर्न पाउने नियमानुसार सन् २०१९ का लागि महासचिवमा शुष्मा भण्डारी, कानूनी सल्लाहकारमा गोमा भट्टराई, कोषाध्यक्षमा कामना उप्रेती, तालिम संयोजकमा स्वस्तिका आचार्य र शाखा सम्पादकमा हिमा पौडेललाई मनोनयन गर्दै १५ सदस्यीय कार्यसमितिलाई पूर्णता दिएकी छन् । कार्यक्रम संयोजक हिमा पौडेलले आस्था वाचन गरेको कार्यक्रममा दमयन्ता दाहालले शब्द र विर्तामोडेल स्कूलका बालबालिकाले नृत्यद्वारा स्वागत  गरेका थिए । 
कार्यक्रममा महिला संचारकर्मीहरुको छाता संगठन नारी संचार गृहले बहुउद्देश्यीय राखेर स्थापना गरेको अक्षयकोषका लागि वीरता लेडी जेसीजले सहयोग गरेको छ । जेसीजले अक्षयकोष बृद्धिका लागि १० हजार एकसय रुपैयाँ प्रदान गरेको हो ।  वर्ष २०१८ की अध्यक्ष ढकाल, संस्थापक अध्यक्ष शारदा रिजालले नारी गृहकी सचिव रेजिना गौतम, संस्थापक इन्दु पूर्वेली, सदस्य मनिषा चम्लागाँई सहितको टोलीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।
जेसीजको सहयोग रकम ग्रहण गर्दै नारी संचार गृहकी सचिव रेजिना गौतमले जेसीजको सहयोगले संस्थाको लक्ष्यमा पुग्न हौसला मिलेको बताइन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता