भित्ते युथ क्लवलाई खड्काले दिए ४१ हजार

इलाम, ११ माघः इलाम नगरापालिका वडा नं ४ मा माघ १० गतेबाट भित्ते युथ क्लबको आयोजनामा तेस्रो संसकरण फुटबल खेलको प्रमुख अतिथी इलामका अग्रज समाजसेवी तथा नेपाली काँग्रेसका युवा नेता डम्बर खडकाले उदघाटन गर्नुभयो । 
क्लब अध्यक्ष राजु राइको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दे प्रमुख अतिथी खडकाले युवाहरुमा भएको खेल प्रतिभाको बिकाशका लागी आफुले सदैव सहयोग गर्ने बताउदै मौफसलमा खेल्ने खेलाडीनै भोली देशका कर्णधार खेलाडी हुने बताउदै खेलले हामी बिच भएको आपसी मतभेदलाइ चिरदै समाजमा एकताको सन्देश दिने बताउदै खेल सफलताको शुभकामना दिनुभयो साथै उक्त कार्यक्रममा  प्रमुख अतिथी खडकाले खेल आयोजकको माग बमोजीम खेल मैदान स्तर उन्नती गर्न र खेल आयोजना सफल पार्न  ४१००० हनार आयोजक समितीका सभापति राजु राई मार्फत हस्तान्तर गर्नुभयो 
 इलाम नगरपालिका र सन्दकपुर गाउपालिकाको सिमानामा पर्ने उक्त स्थानलाइ इलाम नगरपालिकाको कर्णाली जस्तो दुर्गम भएको बताउदै खेल आयोजक समितीका सभापति राइले आयोक समितीका तर्फबाट धन्यबाद प्रकट गर्नुभयो उक्त कार्यक्रममा वडा सदस्य ज्ञानेन्द्र निरौला ,स्थानिय बहादुर राई , बिष्णु दुलाल र नेवि संघ क्षेत्र नं १ का षत्रिय सभापति ध्रुर्व राईले खेल सफलताको शुभकामना मन्तव्य  राख्नु भयो  खेलमा प्रथम हुने टिमलाई ४१०००÷ प्रथम पुरस्कार नगद तथा ट्रफि प्रमाणपत्र दितिय टिमलाई रु २१०००÷ नगद ट्रफि प्रमाणपत्र ,उत्कृट खेलाडी पुरस्का प्रदान गरिने आयोजक समितीका मन बराइले बताउनु भयो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता