सीमा क्षेत्रमा भारतद्वारा एकतर्फी रुपमा ‘ट्रेन्च’ र तारबार निर्माण, नेपाली पक्षले राेक्याे

कञ्चनपुर । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने यहाँकाे पुनर्वास नगरपालिका–११, डोकेबजार क्षेत्रमा भारतले एकतर्फी रूपमा ट्रेन्च (सुरुङ) खनेकाे छ । साथै तारबार समेत निर्माण गरिरहेकाे छ ।
सीमासँगै जोडिएको दुधुवा राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई बस्तीमा जान नदिन र निकुञ्जको सुरक्षाका लागि भन्दै भारतले दशगजा क्षेत्रमा ट्रेन्च खनेको हो । नेपाली पक्षसँग समन्वय नै नगरी धमाधम डोजर लगाएर ट्रेन्च निर्माणको कार्य सुरु गरेपछि नेपाली पक्षले काममा रोक लगाएको छ ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार दुई देशको सीमानजिक कुनै मुलुकलाई प्रभाव गर्नेगरी कुनै पनि संरचना बनाउन नपाइने उल्लखे छ । तर, यसको मान्यताविपरीत भारतीय पक्षले कन्चनपुरको पुनर्वासमा तारबार गर्ने पनि तयारी गरेको छ ।
भारतीय पक्षले निर्माण गरिरहेको तारबार र ट्रेन्च दसगजाभन्दा टाढा छ । ट्रेन्च खनेपछि थुपारिएको माटो तटबन्धजस्तै भएको छ । गौरीफन्टा सीमानाकानजिकको पिल्लर नम्बर १७१ र १७२ को बीचमा करिब आधा किलोमिटर क्षेत्रमा ट्रेन्च खनिएको छ भने काँडे तारबारका लागि पोल गाड्ने काम पनि सुरु गरेको छ ।
अवैध तस्करी र आपराधिक क्रियाकलाप रोक्ने उद्देश्यले दुई किलोमिटर क्षेत्रमा ट्रेन्च बनाएर तारबार गर्ने तयारी गरको भारतीय सीमा सुरक्षा बलले बताएको छ ।


कञ्चनपुरको पुनर्वास क्षेत्रमा सीमाको सवालमा पटक-पटक विवाद पनि हुँदै आएको छ । सीमा विवादकै कारण २०७३ मा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर पुनर्वास–१० आनन्द बजारका गोविन्द गौतमको ज्यान गएको थियो ।
न्युज२४ बाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता