रोङमा निःशुल्क माटो परिक्षण

  • गोबिन्द पौडेल  

रोङ २५ पुस: किसानको आम्दामीको भरपर्दो श्रोत बनाउन कफि खेतीको तैयारीमा जुटेको रोङ वडा नं ६ ले किसानहरुको लागि निशुल्क माटो परिक्षण गराएको छ ।
 कफि खेतीको राम्रो संभावना रहेको साबिक जिर्मलेमा एकध रुपमा किसानले लगाएको कफि राम्ररी फस्टाएको र धेरै उत्पादन गराउन सके बजारको समस्या समेत सहज हुने र किसानहरुको आय आर्जनमा समेत बुद्धि र्भर सुखि नेपालीको नारा ब्यबहारमा उतार्न सकिने भएकोले वडा नं छ को गत बर्षको योजना अनुसार करिव १६ हजार कफिको बिरुवा तैयार।ी गरि सकेको र अन्य बिरुवा खरिद गरि यो बर्ष मागको आधारमा तीसहजार बिरुवा सहुलियतमा बितरण गरि किसानहरुलाइ ब्यवसाहिक रुपमा कफि खेती गराउने लक्ष्यको साथ किसानहरुकोलागि निशुल्क माटो परिक्षण गराएको हो ।
 चिया तथा कफि बिकास बोड चिया बिस्तार आयोजना फिक्कलको प्रबिधिक सहयोगमा भएको माटो परिक्षमा वडाको पैतालिस भन्दा बढी किसानहश्ररुले माटो परिक्षण गराउन ल्याएका कृषि प्राबिधिक मोहन अधिकारीले बताए । चिया तथा कफि बिकास बोड चिया बिस्तार आयोजना फिक्कलको प्रमुख इन्द्र प्रसाद अधिकारी, सुमन त्रिखत्रीर बिबेक भण्डारी सहितको टोलीले प्राबिधिक सेवा दिएको माटो परिक्षणगर्दा माटोमा ५ दशमलब ५ देखी ६ दशमलब ५ सम्मको पि एच पाइएको र सो चिया तथा कफिको लागि सामान्य भएपनि माटोमा नाइटोजन, फस्फोरस र पोटासको सन्तुलन भने नरहेकोले सुधार गर्नापर्ने देखिएको प्रबिधिकहरुको सुझाव रहेको छ ।
 बिरुवाको तैयारी, माटो जाच पछि अव किसानहरुलाइ तालिमनै दिएर कफि खेती गराउने आगामी योजना रहेको वडाध्यक्ष सुवास तामाङ्गले बताए । बिश्व बजारमा नेपालको कफि उत्कृष्ट रहेपनि माग अनुसार आपूर्ति नभएको हुदा कफि किसानहरुको लागि फाइदाजनक हुने भएकोले संभावना देदिएको कफिको खेतीको लागि किसानहरुलाइ प्रेरित गरिएको वडा सदस्य केशर प्रधानले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता