पूर्वयुवराज पारसलाई हृदयघात


माघ, १४ काठमाडौं:  पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । उनी नर्भिक अस्पतालको आईसीयूमा राखेर उनको उपचार जारी रहेको छ ।
छातिमा समस्या आएपछि पारसलाई दिउसो साढे चार बजे नर्भिक ल्याइएको थियो । त्यहाँ डा. यादवदेव भट्टसहितको टिम उनको उपचारमा सक्रिय छन् । शाहको कोलोनरी एन्जियोप्लास्टीबाट मुटुको भल्व खोल्ने प्रयास भइरहेको अस्पताल स्रोतले बतायो ।
पारसलाई मुटुको पुरानो समस्या छ । यसअघि उनी दुईपटक हृदयघातको शिकार भएका थिए । आज बिहान उनी ललिपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा दर्शन गर्न पुगेका थिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता