फाल्गुनन्द गोल्डकपको उपाधि झापालाई

फिदिम, ३० पुसः फिदिममा सम्पन्न १० औँ फाल्गुनन्द गोल्डक फुटबल प्रतियोगिताको उपाधि झापा ११ ले कब्जा गरेको छ । फिदिम माविको मैदानमा सोमबार भएको फाइनल खेलमा त्रिभूवन आर्मी क्लब काठमाण्डौलाई २–१ गोलले पराजीत गर्दै झापाले उपाधि कब्जा गरेको हो ।
फाइनल खेल जितेसँगै झापाले उपाधिसहित चार लाख नगद पुरस्कार पाएको छ । उपविजेतामा सिमित बनको आर्मीले दुई लाख नगद पुरस्कारमा चित्त बुझायो । झापाको जितका लागि पुजन उपरकोटि एक्लैले दुई गोल गरे । आर्मीका राजिब गुरुङले एक गोल गरेका थिए । खेलको अन्तिम समयमा झापाको रणनैतिक खेललाई रोक्न नसक्दा आर्मीले उपबिजेतामा सिमिति बनेको हो । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलुकद परिषदका उपाध्यक्ष पिताम्बर तिम्सिनाले पुरस्कार प्रदान गरे ।
खेलको २३ औँ मिनेटमा झापाका पुजनले सुरुवाती गोल गरे । फाइनल खेलको पहिलो हाफमा १–० गोलले पछिपरेको आर्मीले ७१ औँ मिनेटमा खेललाई बराबरीमा ल्याएको थियो । आर्मीका राजिबले गोल गरेर खेललाई बराबरीमा ल्याएका थिए । अन्तिम १९ मिनेटमा आर्मीले झापाको रणनैतिक खेललाई रोक्न नसक्दा उपविजेतामा चित्त बुझाउनु प¥यो । खेलको ८३ औँ मिनेटमा पुजले दोस्रो गोल गरेर झापालाई उपाधि दिलाएका हुन् ।  
सोमबार भएको फाइनल खेलमा आर्मीका  गोलकर्ता राजिब गुरुङ म्यान अफ दी म्याच चुनिए । उनले १० हजार नगद प्राप्त गरे । प्रतियोगिताको सर्बेश्रेष्ठ खेलाडीमा झापाका देवेन्द्र तामाङ चुनिए । उनले एक थान मोटरसाईकल प्राप्त गरे । प्रतियोगितामा चार गोल गरेका झापाका कर्ण लिम्बू सार्वाधिक गोलकर्ता बने । उनले १५ हजार नगद पुरस्कार प्राप्त गरे । 
उदयमान खेलाडीको रुपमा आयोजक फिदिम स्पोर्टिङका प्रबिन जवेगु चुनिए । उत्कृष्ट कोचमा झापाका प्रवेश कुटुवाल, उत्कृष्ठ फरवार्डमा झापाका दिलेन लोत्ताम, उत्कृष्ठ मिडफिल्डरमा झापाका पुजन उपरकोटि उत्कृष्ठ गोलकिपमार झापाका मनोज प्रधान र वेष्ठ डिफेन्समा आर्मीका युद्ध शाही चुनिएर । उनीहरुले जनही १० हजार नगद प्राप्त गरे । प्रतियोगितामा जम्मा १० टिमले सहभागिता नजाएका थिए । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता