नेपाली ब्राण्डको कार्पेटमा 'सन्तोष पन्त' ब्राण्ड एम्बासेडर

नेपाली ब्राण्डको कार्पेट पारखीका लागी 'मेरोराग' ब्राण्डको कार्पेट बजारमा उपलब्ध भएको छ। विगत ३० बर्षदेखी कार्पेट व्यावसायमा रहेका दिनेश भट्टराईको नेपाली ब्रान्डको कार्पेटको दोश्रो शोरुम लाजिम्पाटमा खुलेको हो। यो ब्राण्डका लागी चर्चित कलाकार सन्तोष पन्त  ब्राण्ड एम्बासेडरको रुपमा अनुबन्धित भएका छन्। हातले बुनेर निर्माण हुने यो कार्पेट ब्राण्डका लागी पन्त  ब्राण्ड एम्बासेडरको रुपमा अनुबन्धित भएका हुन्। उनले लाजिम्पाट स्थिति शोरुमको माघ ७ गते सोमबार उद्घाटन गरेका छन्।
ब्राण्डको बारेमा पन्त भन्छन्, नेपालमा नै उत्पादन भएको यो ब्राण्डको कार्पेट निकै राम्रो रहेको छ। यो निकै आकर्षक रहेको छ र यसको प्रयोगले फलदायी रहेको छ।'
आफ्नो प्रतिष्पर्धा कुनै पनि विदेशी ब्राण्ड संग नरहेको बताउदै दिनेश भन्छन्, 'हामी निकै लामो समयबाट यो व्यवसायमा रहेका छौ र यसको प्रयोगकर्ता निकै ठुलो मात्रमा हुनुहुन्छ।'
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता