स्पोट्र्स अवाडको तयारी तीव्र


बिर्तामोड, ९ माघः  दोस्रो झापा स्पोट्र्स अवार्ड वितरण माघ २६ हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च झापाले मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर अवार्डको तयारी अन्तिम चरणमा पुगेको बताएको हो ।
यस अघि मञ्चले माघ ७ गते अवार्ड वितरण गर्ने तयारी गरे पनि तयारी नपुगेको भन्दै माघ २६ मा सारेको बताएको छ । नेपाल खेलकूद पत्रकार मञ्च झापाले यो पटक भने ४ वटा जिल्ला समेटेर दोस्रो स्पोट्र्स अवार्ड गर्ने तयारी गरेको हो । मञ्चले झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लालाई समेटर साविक अञ्चल स्तरीय दोस्रो स्पोट्र्स अवार्ड गर्न लागेको बताएको छ । 
यो बर्ष एउटा विधा थप गरी ६ वटा बिधामा खेलाडीलाई पुस्कृत गर्ने मञ्चका अध्यक्ष रमेश समदर्शीले जानकारी दिए । ६ विधामा उत्कृष्ट साविक मेची अञ्चल भरीका पुरुष खेलाडी, महिला खेलाडी, कोच, पिपुल च्वाइज, युवा खेलाडी र लाइफ टाइम एचिभमेन्टका प्रतिभालाई पुरस्कृत गर्नेछौँ, अध्यक्ष राइले भने, ‘गतबर्षको पिपुल च्वाइज टिमको बद्ला यस बर्ष पिपुल च्वाइज प्लेयर बनाइको छ ।’ 
उनले यो बर्ष पुरस्कारको राशिबृद्धि गरी जनही २५ हजार पु¥याइएको बताए । ‘उत्कृष्ट महिला र पुरुष खेलाडीलाई मोटरसाइकल र स्कुटी प्रदान गरिने छ ।’ अध्यक्षले भने । मोटरसाइकल र स्कुटी पुरस्कार झापाका समाजसेवी तथा खेलक्षेत्रका हस्ती जलकुमार गुरुङले प्रदान गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । स्पोट्र्स अवार्डका लागि पुरस्कार बाहेक १२ लाख २५ हजार अनुमानित खर्च हुने अध्यक्ष राईले बताएका छन् । कार्यक्रम सफल पार्न ९ वटा उपसमिति गठन गरिएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता