निर्माणाधिन सुकिलुम्वा एयरपोर्टमा राखेको स्काभेटरमा आगलागि

इलाम, १० माघः इलाममको निर्माणाधिन सुकिलुम्वा एयरपोर्टमा सोही एयरपोर्ट बनाउने क्रममा ३/४ महिना अगाडी बिग्रि बसेको स्काभेटरमा आगलागि भएको छ । इलाम नगरपालिका १ बस्ने मन बहादुर गुरुङको  १३० नं. को स्काईभेटरमा अचानक आगलागी भएको छ । आगलागी भएको भन्ने जानकारी प्रहरी चौकी गोलाखर्कमा प्राप्त हुना सूचनाको आधारमा  जिल्ला प्रहरी कार्यालय इलामबाट  गएको टोली र दमकलको सहयोग बाट आगो निभाईएको थियो । आजलागिबाट  स्काई भेटर पुर्ण रुपमा क्षति भएको छ । आगलागी आगलागि के कारणले भएको  सम्बन्धमा अनुशन्धान भई रहेको छ ।
यता स्काई भेटरका धनी तथा निमार्ण व्यवसायी गुरुङले भने पहिले देखिनै सामान तोडफोड हुने गरेको र प्रहरीलाई सुरक्षाको लागि भन्दा पनि वेवस्ता गरेको माइपोखरी न्युजसँगको कुराकानीमा वताए । साथै यस अघि नाली निर्माण कार्यमा प्रयोग भएको मेसिनहरुमा पनि तोडभोड भएको निर्माण व्यवसायि संघ इलाममा अक्ष्यक्ष सुवास चिपालुले वताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता