स्याङ्गजाको वालिङ्गमा ब्यवसायिक उन्नत बाख्रापालन तालिम

वालिङ्ग, ३ माघः काठमाण्डौं नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाका आफना २५ जना ग्राहक सदस्यहरुको सहभागितामा २०७५ मंसिर २५ गतेदेखि २७ गतेसम्म स्याङ्गजा जिल्लाको वालिङ्गमा “ब्यवसायिक उन्नत बाख्रापालन तालिम” सम्पन्न गरेको संस्थाका वालिङ्ग शाखाका शाखा प्रमुख भिमलाल पोखे्रलले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरु हुम नारायण श्रेष्ठ, कमलकान्त पौडेल, क्षेत्रीय प्रमुख नारायण प्रसाद न्यौपाने, शाखा प्रमुख भिमलाल पोख्र्रेल रहेका थिए ।
एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाका क्षेत्रीय प्रमुख नारायण प्रसाद न्यौपानेले बताएका थिए । तालिममा सहभागीहरुलाई स्वागत गर्नुका साथै तालिमको उद्देश्य बारेमा संस्थाको वालिङ्ग शाखा कार्यालयका प्रमुख नारायण प्रसाद न्यौपानेले प्रकाश पारेका थिए ।
बाख्रापालन ब्यवसाय एक परिचय, स्थानीय र उन्नत बाख्रामा भिन्नता, बाख्रापालनको महत्व, आवश्यकता र वर्तमान स्थिति तथा नेपालमा पालिने स्थानीय तथा उन्नत नश्लका बाख्राहरुको जातिय परिचय, बाख्रापालन विधि, उमेर अनुसार पाठापाठी, बाख्रा बोकालाई भूँईको आवश्यकता तथा खोर निर्माण गर्न स्थानको छनौट, स्थानीय श्रोत साधन प्रयोग गरी उन्नत खोर निर्माण गर्ने तरिका र खोरमा हावा, ताप, प्रकाश, आद्र्रताको महत्व, सोतरको महत्व एवम् सोतरको लागि प्रयोग गरिने वस्तुहरु, उमेर अनुसार बाख्रालाई आहारको आवश्यकता तथा आहाराका श्रोतहरु (भूँई घाँस, डाले घाँस, चरन क्षेत्र बारे जानकारीको साथै सन्तुलित दाना बनाउने विधि र स्थानीय श्रोत साधनको प्रयोग गरी सन्तुलित दाना बनाउने तरिका, प्रजननको लागि बाख्रा तथा बोकाको छनौट गर्ने तरिका, प्रजनन गराउने उमेर, स्वजातिय तथा प्रजातिय प्रजननबाट हुने फाईदा बेफाईदा बारे जानकारी, थारा, ब्याउने बाख्रा, पाठा र पाठी र ब्याएको माउको हेरचाह, खोर, दानापानी दिने भाँडाहरुको सरसफाईको साथै खसी पार्ने उमेर र तरिकाहरु बारे आवश्यक जानकारी, रोग तथा निरोगी बाख्राको पहिचान, रोग लाग्नाका कारण तथा बाख्रामा लाग्ने पिपिआर रोग, टिम्पेनी, छेरौटी रोग, बाखाको छ मासे रोग, खोरेत रोग, रेविज रोगको लक्षण, उपचार तथा रोकथामका उपाय बारे जानकारी, बाख्रामा हुने आन्तरीक र वाह्य परिजिविहरुको नियन्त्रण साथै खोप कार्यक्रम बारे जानकारी, स्थानीय बाख्रापालनको महत्व, कमी, कमजोरी, संरक्षण तथा विकास, बजार ब्यवस्थापन, बाख्रापालनको स्किम, बचतको महत्व तथा संस्थाको पब्लिक डिपोजिटको बारेमा, संस्थाका सेवाहरुको आदि बारेमा यस तालिममा सहभागीहरुले जानकारी हासिल गर्ने वालिङ्ग शाखाका शाखा प्रमुख भिमलाल पोख्रेलले बताएका थिए ।
यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको नेपालको एक मात्र सबैभन्दा ठूलो लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ । यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आई रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता