कांग्रेसको इसारामा डा. केसी अनशन बसिरहेका छन्ः नेता भट्टराई

इलाम, कांग्रेसको इसारामा डा. गोविन्द केसी अनशन बसिरहेका छन् । उनले केसी चुनाबको समयमा कांग्रेसको झण्डा बोकेर हिडेको पनि इलाममा एक कार्यक्रममा कुराकानी गर्ने क्रममा नेकपाका नेता योगेस भट्टराईले बताएका हुन ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिका सदस्य समेत रहेका भट्टराईले विधेयकमा डा. केसीका अधिकांश मागहरु पूरा भएको बताए । ‘माग पूरा भएकोमा फुल माला लगाएर बधाई थाप्नु पर्नेमा डा. केसी इलाममा आएर खुसुक्क अनशन बसेका छन् ।’ 
‘संसदबाट कुनै पनि व्यक्तिको जीत भएको छ भने त्यो व्यक्ति डा. केसी हो । उनका मागहरु सम्बोधन गरेर संसदले डा. केसीलाई फूलमाला लगाइसकेको छ । ’ उनले भने, ‘कुनै व्यक्तिको एजेण्डामा चार चार महिना संसदमा छलफल भएको थिएन ।’
डा. केसीसँग भएका सम्झौताहरुनै विधेयकमा समावेश भएको र सम्झौताभन्दा बाहिरका व्यवस्था छन् भने अझ राम्रो गर्नका लागि ल्याएको नेता भट्टराईले बताए । ‘डा. केसीले नभनेका राम्रा काम गर्नै नहुँने भन्ने होइन होला नि ?’ नेता भट्टराईले भने, ‘विधेयक हेर्नै नपाई अनशनमा डा. केसी अनशन बसेका छन् । बुझ्ने वित्तिकै उहाँले आफैं अनशन तोड्नु हुन्छ ।
प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको चिकित्सा विधेयक सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले  उहाँलाई कम्युनिष्ट फोबिया छ ।’ चुनावको बेला डा. केसी चारतारे झण्डा बोकेर भोट माग्न हिँडेकाले उनी तथष्ठ नभएको पनि उनले दाबी गरे ।
चिकित्सा शिक्षासँग साइनो नजोडिएको द्वन्द्वकालीन मुद्धालाई समेत डा। केसीले अगाडि बढाएको भन्दै नेता भट्टराईले ति मुद्धाहरु बोक्न जरुरी नभएको बताए । द्वन्द्वकालीन मुद्धा हेर्नका लागि आयोगहरु बनाइएकाले प्रक्रियागत रुपमा समस्या समाधान हुने उनले बताए ।
डा. केसीको अनशनले २० वर्षमा पनि इलाममा मेडिकल कलेज नखुल्ने नेता भट्टराईले बताए । विधेयकमा व्यवस्था भएको चिकित्सा विश्व विद्यालय मार्फत मात्र मेडिकल कलेज खोल्न सम्भव हुने पनि उनले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता