देउमाई १ चमैताकी सिर्जनासँगै मोटरसाइकल दुर्घटनामा परेका अमिर बर्देवाको पनि मृत्यु

इलाम, ८ फागुन : ताप्लेजुङको फुङलिङ नगरपालिका २ मा मङ्गलबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका अमिर बर्देवाको पनि उपचारको क्रममा मृत्यु भएको छ । सोही दुर्घटनामा परि मङ्गलबार नै इलाम देउमाई नगरपालिका १ चमैताकी सिर्जना गुरुङको मृत्यु भएको थियो ।
मोटरसाइकल चालक अमिर गम्भीर घाइते भएपछि उनलाई थप उपचारको लागि पाँचथरको समरित अस्पताल ल्याइएको भएपनि त्यही उपचारको क्रममा मृत्यु भएको हो । मङ्गलवार दिउँसो सवा ३ बजे मालपोत कार्यालयबाट राजमार्गमा निस्कँदै गरेको  ना२१प ५६२८ नम्बरको मोटरसाईकल अनियन्त्र भई सडकबाट अन्दाजी १० फिट तल खसेको थियो ।
दुर्घटनामा नृत्य प्रशिक्षक समेत रहेका चालक बर्देवासहित मोटरसाईकलको पछाडी सवार जिल्ला सिञ्चाई कार्यालय ताप्लेजुङमा कार्यरत चमैता घर भएकी  बर्ष २७ की सिर्जना घाइते भएका थिए । गुरुङको मंगलबार नै दिउँसो र बर्देवाको राती मृत्युृ भएको हो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता