तोकिएको समय भन्दा तीन दिन पछि फागुन २६ देखि हुने भयो माईभ्याली गोल्डकप

इलाम, ८ फागुनः इलामको वहुप्रतिष्ठीत गोल्डकप माईभ्याली गोल्डकप पहिला तोकिएको समय भन्दा तीन दिन पछि बाट हुने भएको छ ।  माइभ्याली गोल्डकप फागुन २७ गते देखि चैत्र ५ गते सम्म हुने भएको छ । यस अघि  माईभ्याली गोल्डकपको पाँचौ संस्करण सञ्चालनको लागि यस अघिनै अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २३ देखि चैत २ गतेको अनुमति प्रदान गरिसकेको थियो ।
प्रतियोगिताको मुख्य आयोजक माईभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङका अनुसार यसअघि यही फागुन २३ गते शुरु हुने भनिएको प्रतियोगिता २६ गतेदेखि मात्र शुरु हुने भएको छ । एन्फाले सञ्चालन गर्ने प्रतियोगिताहरुको क्यालेण्डर जुदेकोले पनि खेल पछि सार्नु परेको चेम्जोङले वताए ।
माईभ्याली गोल्डकपमा विदेशी ३ टीम सहित स्वदेशी ए डिभिटनका वहुप्रतिष्ठीत १० टिमहरुले खेल्ने छन् । 
प्रतियोगीताको विजेताले सातलाख नगद र ट्रफि पाउने छ उपविजेताले ४ लाख र प्रत्येक खेलको म्यानअफद म्याचले १० हजार र म्यानअफद टुर्नामेन्टले टीभीएसको आरटीआर बाइक पाउने पनि आयोजकले जानकारी गराए ।


हेर्नुहोस भिडियो
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता