- गोबिन्द पौडेल

फागुन, ८ फिक्कलः सूर्योदय नगरपालिकाले शुरु गरेको बाह्रमासे सडक अन्र्तगत सोमबार ६ नम्बर वडा भित्रको सडकको हिजो शिलान्यास गरिएको छ ।
नगरका १४ वटै वडामा बाह्रमासे सड्क निमार्णगर्ने योजनाकोसाथ सूर्योदय नगरपालिका वडा नम्बर ६सुकेपोखरी ग्याभा चोक ६ नम्बर वडा कार्यालय तारगाउँ महेन्द्रबेसी सडकको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले शिलान्यास गर्नु भएको हो ।
उपभोक्ता समितिका अध्यक्ष टेक बहादुर तामाङको अध्यक्षता तथा नगर प्रमुख राईको प्रमुख आतिथ्यततामा सम्पन्न कार्यक्रममा कन्याम टोल बिकास समितिका अध्यक्ष लेखनाथ दाहालले स्वागत गर्नु भएको थियो ।
बाह्रै महिना संचालन गर्ने गरी निर्माण गर्न लागिएको सो सडक निर्माणका लागि नगरपालिकाको ४० लाख र स्थानीयको ८ लाखको लागत रहने वडा नम्बर ६ का अध्यक्ष शिव बस्नेतले जानकारी दिनु भयो ।
सडकको उद्घाटन गर्दै नगर प्रमुख राईले नगरका सबै वडामा सहज सडक संजाल परयाउने उद्देश्यले काम थालिएको बताउनु भयो । उहाले यस्ता प्रकारका सडकलाई क्रमागत रुपमा कालोपत्रे गर्दै जाने बताउनु भयो । उहाले उपभोत्ता समितिलाई जति सक्दो चाडो काम गर्न समेत आग्रह गर्नु भयो ।
नगरमा हाल डेढ अर्व बढीको बजेटमा बिकास योजना संचालन भैरहेको नगरले जनाएको छ । ५० लाख देखि ३ करोड सम्मका योजनाका लागि नगरले २५ बढी टेन्डर आवहान गरिसकेको जनाएको छ ।