सन्दकपुरको जमुनामा पाचौँ ‘ढापपोखरी’ महोत्सव २४ चैत्र देखि


इलाम, २१ माघः इलामको सन्दकपुर गाउँपालिका ५ जमुनाको  ढाप पोखरीमा आगामी चैत्र २४ गते देखि पाँचौ ढाप पोखरी महोत्सव आयोजना हुने भएको छ ।
महोत्सव आयोजक मुल समारोह समितिले आज इलाममा पत्रकार सम्मेलन गर्दै आउदो चैत्र २५ गते देखि ३० गते सम्म ढाप पोखरी महोत्सवको आयोजना गर्ने जानकारी दिएको हो ।
महोत्सव मुल आयोजक समितिका संयोजक तथा सन्दकपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जित बहादुर साँवाले बिगतका बर्षलाई निरन्तर्ता दिदै वडा कार्यालयको समेत सहभागीतामा महोत्सव आयोजना गर्न लागेको जानकारी दिनु भयो ।
पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै आएको ढाप पोखरीमा सौचालय निर्माण , खानेपानी बिस्तार जस्ता कार्य गर्न महोत्सव आयोजना गरिएको सावाले बताउनु भयो । ५० हजार पर्यटक भित्रीने अनुमान गरेको आयोजकले २० लाख बढी खर्च हुने जनाएको छ ।
महोत्सवमा स्थानीय तथा जातीय खानाका परिकार , कृषि क्षेत्र संग सम्बन्धीत स्टल राखीने आयोजकले जनाएको छ । महोत्सवमा स्थानीय कलाकारको साथमा दैनिक सांस्कृतिक कार्यक्रम र बिभिन्न जातजातिका झाकी प्रर्दशन हुने छन ।
चन्द्रपाल थेवे ढापा पोखरी संरक्षण समितिका अध्यक्ष तथा महोत्सव आयोजक समितिका सचिव बिप्लव भट्टराईले महोत्सवका बिषेश आर्कषणका रुपमा डुंगा सयर र फिक्सीङ रहने बताउनु भयो । उहाका अनुसार ३ बर्ष अगाडी पोखरीमा लगाईएका माछा यस पटकको महोत्सवमा पर्यटकले आफै झिकेर लैजान र खान सक्ने बातावरण बताउनु भयो ।
ढाप खोखरीमा गत बर्ष देखि नै डुंगा संचालनमा ल्याईएको छ । त्यहाबाट हागेथाम, चोयाटार र जौवारी जस्ता पर्यटकीय क्षेत्रमा सहजै पुग्न सकिन्छ ।
५५ रोपनी क्षेत्रफलमा फैलिएको पोखरीको लम्बाई २ सय १५ मिटर र चौडाई १०० मिटर रहेको छ । ढाप पोखरीमा सडक , होटल होम स्टे आदिको अझै पनि अभाव नै रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता