आन्दोलन छाडेर देश निर्माणमा जुट्न कांग्रेसलाई नेता खनालको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले कांग्रेसलाई आन्दोलन छोडेर मुलुक निर्माणमा लाग्न अनुरोध गर्नु भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई मुलुक निर्माणको अभियानमा जुट्न आग्रह गर्नुृभएको हो । वरिष्ठ नेता खनालले मुलुकको आर्थिक उन्नतिका लागि रचनात्मक काम गर्न छोडेर आन्दोलन गरिरहे नेपाली कांग्रेस आफैं कमजोर हुँदै जाने चेतावनी समेत दिनुभयो ।
सोमबार स्वतन्त्र विद्यार्थी युनियन, रत्नराज्यलक्ष्मी क्याम्पसले काठमाडौंमा आयोजना गरेको रचनात्मक कार्यक्रममा बोल्दै उहाँले स्ववियू निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न पनि सरकारसँग माग समेत गर्नुभयो ।
वरिष्ठ नेता खनालले रचनात्मक ढंगले मुलुकको आर्थिक उन्नतिको काममा केन्द्रित हुन पनि पार्टीका सबै नेता, कार्यकतालाई आग्रह गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता