
इलाम, ७ फागुनः इलामको नेपालटारमा भईरहेको सातखाल्डे सहिद स्मृति गोल्डकपको फाइनल खेल रेर्डहर्स र सूर्योदय फुटबल क्लव फिक्कल विच भईरहेको पहिलो हाफको खेलमा भइसक्दा सूर्योदय फुटबल क्लव १ गोलले अगाडि रहेको छ ।
प्रतिकुल मौसमको वावजुद पनि खेल भई रहेको छ ।
सूर्योदय फुटबल क्लबका ५ नंं. जर्सिका कुसल गुरुङले एक मात्र गोल गरेका थिए ।
फाइनलखेल हेर्न तथा कार्यक्रम समापन गर्न नेपाली कांग्रेसका प्रभाशालि युवा नेता गगन थापा आइका छन् । गगन थापाको सम्वोधन पछि भएको खेलमा विच विचमा मौसमको कारण अवरोध भएको थियो ।
नेपाली काँग्रेस क्षेत्र नं. ३ इलामले आयोजना गरेको खेलको प्रथम पुरस्कार एक लाख पाँचहरुर र देस्रो पुरस्कार ५१ हजार रहेको छ । खेलको प्रथम पुरस्का नेपाली कांग्रेसका नेता तथा समाजसेवी डम्वर खड्काले प्रदान गरेको आयोजक समितिका अध्यक्ष मन गुरुङले माइपोखरी न्युजलाई वताए ।