- गोबिन्द पौडेल

रोङ २५ माघः इलामको रोङ गाउँपालिका वडा नम्बर ५ को बहुवन माध्यमिक बिद्यालयको ३१ औ बार्षिक उत्सव आज सम्पन्न भएको छ ।
बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता तथा रोङ गाउँपालिकाका अध्यक्ष समशेर राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिद्यायका उकृष्ठ शिक्षक बिद्यार्थीलाई सम्मानीत र पुरष्कृत समेत गरिएको छ ।
सोहि अवसरमा बिद्यालयमा ५ नम्बर वडा कार्यालयको १ लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण गरिएको बिद्यार्थी खेल्ने पिङ र शुद्ध पीउने पानीको उद्घाटन गरियो । रोङ गाउँपालिका अध्यक्ष राईले पिङको उद्घाटन गर्नु भएको थियो भने जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरले खानेपानीको उद्घाटन गर्नु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष समशेर राईले गाउँपालिकाले शिक्षा क्षेत्र र शैक्षिक गुणस्तर सुधारमा कुनै कसुर वाँकी नराख्ने बताउनु भयो । उहाले आगामी दिनमा गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बिद्यालय, शिक्षक कर्मचारी र बिद्यार्थीको समेत निगरानी र नियमिततामा ध्यान दिने बताउनु भयो । अध्यक्ष राईले गाउँपालिकाबाट गरिने बिकास निर्माण लगायत सबै कार्यमा सबैसंग हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
सोहि कार्यक्रममा लामो समय सेवा गरिअवकास प्राप्त शिक्षक गृष्मराज खतिवडालाई नगद ५२ हजार ५ सय रुपैयाँको चेक हस्तान्तरण गर्दै अध्यक्ष राईले दोसल्ला ओडाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा पदम ओमा अक्षयकोषको ब्याजबाट प्राप्त रकमबाट ७ जना उत्कृष्ठ बिद्यार्थीलाई पोषक समेत बितरण गरिएको थियो । बार्षिक उत्सवका अवसरमा बढी अंक ल्याउने , अनुसासीत, नियमित बिद्यालय जाने बिद्यार्थीलाई पुरष्कृत गरिएको थियो । बिद्यालयका प्रधानाध्यापक अर्जुन कुमार दाहालले बिद्यालयमा शुद्ध पीउने पानीको ब्यावस्था भए पछि शिक्षक बिद्यार्थी सबैलाई राहात मिलेको बताउनु भयो ।
शिक्षक अविभावक संघका अध्यक्ष घनश्याम थापाले ५६ लाख ९३ हजार रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुन गर्नु भएको कार्यक्रममा बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष चन्द्र गुरुङले बिद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
बार्षिक उत्सवका अवसरमा बिद्यालयले ५१ प्रकारका बिभिन्न प्रतियोगितात्मक कार्यक्रम संचालन गरेको छ । आजै एकल नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ । कार्यक्रममा बिभिन्न जातीय नृत्य समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय सिमितिका सदस्य चन्द्र मगर , वडा नम्बर ५ का वडा अध्यक्ष युवराज राई, नेकपाका नेता बृहस्पती खतिवडा, लगायतले बिद्यालयलाई शुभकामना दिनु भएको थियो ।
२०४३ सालमा स्थापना भएको बिद्यालयमा हाल १ सय ५० बढी बिद्यार्थी अध्ययनरत रहेका छन् । रोङ गाउँपालिकाले यस अघि नै कक्षा ५ सम्म अनिवार्य अग्रेजी माध्यममा पढाउने ब्यावस्था गरिसकेको छ । सो बिद्यालय सधै बिहान ९ बजेर ४५ मै संचालन हुने गरेको छ । यद्यपी सो समय भन्दा आउन ढिलो गरे शिक्षक, कर्मचारीलाई १० रुपैयाँ र बिद्यार्थीलाई ५ रुपैयाँ जरिमाना गरिने गरिएको छ ।