हिमपातका कारण सीमावर्ती मानेभञ्ज्याङ्ग सन्दकपुरको पदमार्गमा गाडि ठप्प

  • सुजन तिमसिना 


पशुपतिनगर । प्रदेश नम्बर एकको प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण ठप्प भएको छ ।

सन्दकपुर लगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि सनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको हो ।
बर्षातपछि बाक्लो हिमपात भएकाले इलामको नेपाल भारत सिमा क्षेत्र मानेभञ्ज्याङ्गदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन चल्न सकेका छैनन् ।
वर्षातसँगै भएको हिमपातले माथिल्लो क्षेत्रमा ४ फुटसम्म हिमपात भएकाले सनिबारदेखि यातायातका साधन चल्न नसकेको सिंहलिला ल्याण्डरोभर एसोसिएसनका अध्यक्ष पासाङ्ग सेर्पाले बताउनुभयो । पर्यटकीय क्षेत्रको पदमार्ग शुरु हुने मानेभञ्ज्यास्थित लामिधुरादेखि ३ हजार ६ सय ३६ मिटर उचाईको सन्दकपुरसम्मा सनिवार बाक्लो हिमपात भएको थियो ।
सन्दकपुर क्षेत्रमा पर्यटकको सुविधाका लागि चल्दै आएका गाडिहरु हिमपातका कारण सुर्योदय नगरपालिका १ स्थित लामिधुरामै बसेका छन् ।
माईजोगमाई गाउँपालिकास्थित कृषि अनुसन्धान परिषद्को अनुसन्धान केन्द्र रहेको जौबारीसम्मको सडकमा रहेको हिउँ सोमबार बेलुकीसम्ममा पग्निसक्ने भएपनि सन्दकपुरमा अझै ७ दिनसम्म गाडि नचल्ने यातायात व्यवसायीले जनाएका छन् ।
जौबारीदेखि सन्दकपुर सडक खण्डमा ४ फुटसम्म हिमपात भएकाले त्यो नपग्लिएसम्म गाडि संचालन हुन नसक्ने ल्याण्डरोभर एशोसिएसनका अध्यक्ष पासाङ्ग सेर्पाले बताउनुभयो ।
पहाडी क्षेत्र बाटो उकालो ओरालो भएको र गाडि चिप्लिएर दुर्घटना हुने भएकाले पुरै हिउँ नपग्लिएसम्म गाडि नचल्ने व्यवसायीको भनाइ छ । हिमपात भएपछि हिउँ खेल्नका लागि आन्तरिक भारतबाट पर्यटक भने आउने क्रम बढेको छ ।
पर्यटकको आवागमन भएपछि स्थानीयबासी भने चिसोका कारण समस्यामा परेका छन् । लोकल सन्देशबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता