गुरुङको 'आफ्नोपन' प्याब्सनको बिस्तारित भेलाको अबसर पारी लोकार्पण


  • बिमल अधिकारी

इलाम, १६ चैत्र: कलाकार रगुन गुरुङको दोश्रो गीति एल्बम आज इलाममा एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ।  आफ्नोपन नामक गीति एल्बममा चारवटा गितहरु समेटिएको छ। नबिर्से तिमिलाइ न पाए तिमिलाइका रचनाकार बिपिन किरण ले लेखेको 'झुकाइ आँखा' शिर्ष गित रहेको एल्बममा 'छेउमा आइ' , 'अल्झियौ भड्कियौ' लगायातक गित रहेका छन। 
गायिका मेलिना राइको समेत आवाज रहेको उक्त एल्बम प्याब्सन इलामको आठौ जिल्ला कार्यसमितिको प्रथम बिस्तारित भेलाको अबसरमा लोकार्पण गरिएको हो। कार्यक्रम प्याब्सन प्रदेश १ अध्यक्ष युबराज बाशिस्ठको प्रमुख आतिथ्यता र प्याब्सन जिल्ला अध्यक्ष बिकास कर्मचार्यको सभापतित्वमा मा भएको थियो। कलाकार रगुन गुरुङ प्याब्सन इलामको बरिस्ठ उपाध्यक्ष रहेका छन। यश अघि गुरुङको पहिलो एल्बम 'प्रीयता' बजारमा आइसकेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता