इलामको बरबोटेमा राष्ट्र शान्तिको कामना गर्दै पुराण

इलाम, १७ चैतः  राष्ट्र शान्ति र कल्याणको कामना गर्दै इलाम नगरपालिका वडा नं.५ बरबोटेस्थित राम जानकी मन्दिरमा आउँदो चैत २२ गते देखि श्रीमद् देवी भागवत् महापुराण नवाह ज्ञान महायज्ञ  लगाइने भएको छ ।
 सरस्वती सत्सङ्ग समाज एवम् राम जानकी मन्दिर  मूल आयोजक समितिको आयोजनामा लाग्ने पुराण चैत ३० गते समापन हुने छ  । पुराणको बाचन इलामका युवा पण्डितद्वय कृष्णप्रसाद घिमिरे र विष्णुप्रसाद भट्टराईले गर्नेछन् । 
चैत २२ गते कलश यात्रा, मण्डव पूजा एवं महायज्ञको उद्घाटन गरी सुरु गरिने पुराणको २३ गते देखि पुराणको कथा सुरु गरिने छ । पुराणबाट उठेको रकम मन्दिरको सत्संग भवन निर्माण गर्न लगाइने  छ । यस अघि पनि मन्दिरमा बाल्मिकी पूराण र श्रीमद् भागवत पुराण आयोजना गरिए प. कृष्ण प्रसाद घिमिरेले माइपोखरी न्युजलाई जानकारी गराए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता