इलाम नगरपालिकाको गरिमाटोलमा ढुङ्गाले लागेर १३ वर्षिय एलिसाको मृत्यु

इलाम, १० चैतः इलाम नगरपालिका–८ गरिमा टोलमा ढुङ्गाले लागेर एक वालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ वस्ने देवी न्यौपानेको १३ वर्षिय छोरी एलिसा न्यौपाने रहेकी छन् । 
सोही ठाउँको  भित्रि कच्ची सडकमा जेसीवीले  बाटो खन्ने क्रममा बालिकाले सोतर (पात पतिङगर) बटुल्ने क्रममा अचानक ढुङगाले माथि टाउकोमा लागी निजको घट्नास स्थलमानै मृत्यू भएको हो । जेसीवीका  चालक तत्काल फरार रहेको छन्  भने  तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली घटना  स्थलमा पुगी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता