रोङस्तरीय परीक्षा सोमबारदेखी


  •      गोबिन्द पौडेल 

रोङ ११ चैत्र: बिद्याथीहरुको सिकाइ उपलब्धी मापन गर्ने बाषिक परीक्षा गाउपालिका भरीनै एकरुपतामा भोलि (सोमबार)देखी संचालन गरिने भएको छ ।
 बिगतका बर्षहरुमा जिल्ला स्तरमा हुने गरेको कक्षा ८ को बार्षिक परिक्षा गत बर्षबाट स्थानिय निकायले नै संचालन  थाले पछि रोङ गाउपालिकाको बिद्यालयमा भोलिबाट रोङ स्तरीय बार्षिक परीक्षा शुरु गरिने भएको हो । गाउपालिकामा रहेको ३ आधारभूत र १० माध्यामिक गरि १३ बटा बिद्यालयहरुबाट  २ सय ६० बिद्याथीले आधारभूत तह कक्षा ८ को परीक्षा संबन्धित बिदालयहरुमा नै  परीक्ष लेख्दै छन् । गत बर्ष  कक्षा ८ मा २ सय ७९बिद्यार्थीहरु रहेका थिए । 
 इलाम जनप्रतिनिधिहरु नभएको  बेलामा जिल्ला शिक्षा कार्यलयले कक्षा ८ को जिल्ला स्तरिय परीक्षा संचालन गर्न दुइ वा सो भन्दा बढी बिद्यालयहरुको बिद्यार्थीहरुको लागि कुनै एक बिद्यालयलाइ परीक्षा  केन्द्र कायम गरि परीक्षा संचालन गर्ने गरेकोमा कतिपय बिद्यार्थीहरुको लागि अपायक पर्ने हुदा परीक्षा अबधीभर डेरानै गरेर बस्नु पर्ने बाध्यता रहदा अभिभावकहरुबाट बिद्यालयमा गुनासो आउने गरेको थियो ।यस समस्यालाइ सुल्झाउदै रोङ गाउपालिकाले सबै बिद्यालयहरुलाइ परीक्षा केन्द्र बनाएर प्रभावबारी अनुगमन गर्ने कार्ययोजना सहित अन्य बिद्यालयबाट निरिक्षक खटाएर परीक्षा संचालनको ब्यवस्था गरिएको हो । यस बर्ष रोङ गाउपालिकाभभरिका बिद्यालयहरुका परीक्षामा एकरुपता ल्याउदै कक्षा ४, ५,६,७,८,९ को प्रश्नपत्रनिमार्ण र बितरण ,निरीक्षकको छनौट ,समयको  निर्धारण गरि अन्तिम तैयारी भइसकेको रोङ शिक्षा शाखाले जनाएको छ


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता