नेपाल आईडलका अमित बरालको पहिलो गीत सार्बजनिक (भिडियो सहित)

 वैशाख १४   काठमाडौं
‘नेपाल आईडल सिजन २’ का अमित बरालको पहिलो गीत ‘म तिम्रै हूँ’ सार्बजनिक भएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ‘म तिम्रै हु’को अफिसियल म्युजिक भिडियो युट्युब मार्फत गरिएको हो ।
गीतमा पुष्पन प्रधानको शब्द र संगीत छ भने संगीत संयोजन रिकेश गुरुङले गरेको रहेको छ । पुष्पनको पन्छी गीत गाएर सबैको मन जितेका गायक बरालले यस गीतबाट अभिनयमा समेत डेब्यु गरेका छन । अमितसंगै भिडियोमा शाक्षी लम्शाललाई देख्न सकिन्छ ।
पुष्पनले अमितलाई गर्ने माया र साथ सबैको लागि नमुना बनेको छ । पुष्पन र अमित अहिले दाजुभाईको सुमधुर सम्बन्धमा बाँधिएका छन् ।नेपाल आइडलका सहायक निर्देशक मोहनराज अधिकारीले यो भिडियोको निर्देशन गरेका हुन् । शिवराम श्रेष्ठले छयांकन गरेको भिडियोमा लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।
हेर्नुहाेस भिडियाे 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता