नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा माङसेबुङ्ग गाउँपालिकामा साना सिंचाई कार्यक्रम संचालन गरिने

फिक्कल, १४ बैशाखः माङसेबुङ्ग गाउँपालिकामा साना सिंचाइ कार्यक्रम संचालन हुने भएको छ ।नेपाल सरकार र स्वीस सरकार विकास सहयोगको संयुक्त लगानीमा साना सिंचाई कार्यक्रम माङसेबुङ गाउँपालिकामा संचालन हुने भएको हो । 
कार्यक्रम १५ वर्ष अवधिको लागि संचालन हुने भएको छ । उक्त कार्यक्रमले संचालित साना सिंचाइका लागि स्थानीय कुलाहरुको स्तरोन्नति गर्ने गाउँपालिका अध्यक्ष डिकेन्द्र इडिङ्गोले जानकारी दिनु भयो ।
गाउँपालिकाको ६ वटै वडामा संचालित साना सिंचाईका लागि कुलाहरुको तथ्यांक संकलन गर्न र गराउन वडा कार्यालयहरुलाई परिपत्र समेत गरिसकिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका धेरै स्थानमा सिंचाई र पीउने पानीको अभाव रहेको छ ।
एवीसी नेपालीबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता