इलामेली पत्रकार बेनुपद्वारा विद्यालयमा एक लाखको अक्षयकोष

इलाम ३०, चैतः इलाममा बसेर लामो समय पत्रकारिता गरेका र हाल क्यानडामा रहेका बेनुपराज भट्टराईले देउमाई नगरपालिकास्थित डम्बर माध्यमिक विद्यालयमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।
आफूले अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई उत्प्रेरित गर्ने उद्देश्यले भट्टराईले आफ्ना हजुरबा लोकनाथ भट्टराई र हजुरआमा विष्णुमाया भट्टराइको सम्झनामा अक्षयकोष स्थापना गरेका हुन् ।
विद्यालयका शिक्षक लक्ष्मीप्रसाद घिमिरेका अनुसार अक्षय कोषको रकमलाई लगानी गर्ने र व्याज रकमबाट प्रत्येक बर्ष एसइई परीक्षाको नेपाली विषयमा उत्कृष्ट ग्रेड ल्याउने एक छात्र र एक छात्रालाई पुरस्कृत गरिने छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता